ट्रेसमे नेपाली बजारमा



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय हेयर केयर ब्रान्ड ट्रेसमे नेपाली बजारमा आएको छ। नेपालको बृहत् फेसनशो टीजीआइएफ फेसनविक–२०१७ मा ट्रेसमेको लन्च गरिएको हो। डिजाइनर अर्चना थापा र शो स्टपर नीलम चन्दले संयुक्त रूपमा यस फेशन शोको र््याम्पमा ट्रेसमे लन्च गर्नुभएको थियो।

विश्वका विभिन्न स्थानमा पनि ट्रेसमे विभिन्न फेशनशोमा आबद्ध छ।
ट्रेसमेले नारीलाई घरमै सलुनझैं सुन्दरता दिनका लागि उत्कृष्ट कपाल र स्टाइलिङ प्रोडक्टहरू उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ।

प्राकृतिक केराटिन प्रोटिनले कपाल मोइस्चराइजभएको ट्रेसमे केराटिन स्मुथ स्याम्फूले केराटिन नवीकरण गरी कपाललाई नरम तवरबाट सफा, चम्किलो र व्यवस्थित गर्न सजिलो बनाउने कम्पनीले जनाएको छ। केराटिन स्मुथ कन्डिसनर प्रयोग गरेमा यसले ४८ घण्टासम्म फ्रिज फ्री राख्न मद्दत गर्छ र कपाललाई उत्कृष्ट रूपमा स्ट्रेट र म्यानेजेबल बनाउने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्