दुई सय बढी राप्रपामा प्रवेश



नेपाल समाचारपत्र, भद्रपुर । विभिन्न पार्टी परित्याग गरी व्यापारी, शिक्षक गरी २ सय बढी कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीले झापाको भद्रपुरमा विहिवार आयोजना गरेको आम भेला तथा वृहत कार्यकर्ता प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । झापा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली काँग्रेसका सक्रिय सदस्य नवराज पनेरु (राजु) सहितले पार्टी प्रवेश गरेका थिए । नव प्रवेशीलाई राप्रपाका महामन्त्री राजेन्द लिङ्गदेनले सदस्यता वितरण गर्दै स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले नेपालकै पुरानो भद्रपुर नगरमा यसपटक राप्रपाको जित सुनिश्चित हुने दावी गरे । भद्रपुर नगरमा अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेशको लहर चलेको हुदाँ स्थानीय चुनावमा राप्रपाले बाजी मार्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्