ट्रमा सेन्टरमा किन आत्महत्या गरिन जयकलाले ?



काठमाडौँ, २४ चैत । राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।

वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचाँै तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्