ज्ञानेन्द्रका नातिको व्रतबन्ध भोजमा राष्ट्रपतिको सवारी



आइदिनु भयो सबैलाई धन्यवाद छ – पुर्वराजा ज्ञानेन्द्र
ईश्वरराज ढकाल, काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्रले नातिको ब्रतबन्धमा आइदिनुभएकोमा सबैलाई धन्यवाद छ । नाति हृदयन्द्रको १७ गते सम्पन्न ब्रतबन्धको भोजमा निम्तो दिएका पुर्व राजा ज्ञानेन्द्रले निम्तो मान्न आएका अधिकांसलाई भेट दिदै निम्तो मान्न आएकोमा धन्यवाद दिनुभयो ।

ब्रतबन्धको निम्तो मान्न राष्ट्रपति विद्यादेवी भण्डारी देखि चलचित्रका अभिनेता राजेश हमालसम्म उपस्थित भएका थिए ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा, पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, मन्त्री दीपक बोहरा, प्रेमबहादुर सिह, सदभावना पार्टीका अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र महत्तो, शरत्सिह भण्डारी, मनिषा कोइराला, लगायतका अधिकांस मशेधी नेता दर्जनौ सांसद लगायतको उपस्थिति रहेको थियो ।
निम्तोमान्न पग्नुभएकी राष्ट्रपति भण्डारी करिब ४५ मिनेट बिताउनुभएको थियो ।
होटल सोल्टीमा आयोजना गरिएको भोजमा विभिन्न देशका राजदुत , कटुनितिक नियोगका प्रमुख , राजाको शासनका मन्त्री लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्