भुकम्पपछि रसुवामा एकिकृत वस्ती निमार्ण सुरु



रसुवा, (नेस) ।
भूकम्प गएको २३ महिना पछि रसुवाका विस्थापितका लागि एकिकृत वस्ती निमार्ण सुरु भएको छ ।
भूकम्पका कारण गाँउमा सुख्खा पहिरो झर्न थालेपछि हाकु, डाँडागाँउ र ठुलोगाँउबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा वसिरहेका विस्थापितलाई सुरक्षित स्थानमा राख्नका लागि एकिकृतवस्ती निमार्ण थालिएको हो ।

वन्न लागेको एकिकृतवस्तीमा गाँउबाट विस्थापित भएर नौविसे तथा वोगटीटार स्थित नीजि तथा सरकारी जग्गामा वसिरहेका दुई सय भन्दा बढि विस्थापित वस्न पाउने भएका छन् ।

उत्तरगया गाँउपालिकाको खाल्टेमा निमार्ण हुन लागेको उक्त एकिकृत वस्तीमा बुधबारदेखि जग्गा सम्याउने काम सुरु भएको छ । खाल्डेमा पाँच सय घर निमार्ण हुने भएपनि पहिलो चरणमा एकसय घर निमार्ण गर्न लागिएको रसुवाका सांसद जनार्दन ढकालले वताउनुभयो ।

उक्त एकिकृत वस्ती निमार्णको काम कादुरी नामक संस्थाले गर्न लागेको हो । वर्खा अगाडी नै प्रभावितलाई एकिकृत वस्तीमा राखने गरी निमार्ण कार्य थालिएको वताइएको छ । जिल्लाको उत्तरगया गाँउपालिकामा वसिरहेकालाई वस्ती निमार्ण थालिएपनि धुन्चेमा वसिरहेकालाई के गर्ने भन्नेमा अहिलेसम्म टुुङ्गो नलाग्दा समस्या आएको छ ।

भूकम्प पछि गाँउ छाडेर हिडेका प्रभावित खेती गर्ने समयमा भने गाँउ जाने गरेका छन् । धुन्चेमा वसिरहेका विस्थापित मध्ये ३२ घरधुरी सामुहिक आवासमा वसेका छन् भने ५० घरधुरी भन्दा बढि विस्थापित सरकारी तथा नीजि जग्गामा टहरा वनाएर वसिरहेका छन् ।

गाँउ फर्कनका लागि पटक पटक आग्रह गरेको भएपनि सरकारी निकाय तथा राजनैतिक दलले सहयोग नगर्दा गाँउ फर्कन समस्या भएको हाकुकी याङ्जेन तामाङले वताउनुभयो । गाँउमा सुख्खा पहिरो खसेर मरिने होकी भन्ने त्रासले गाँउ जान नसकेका प्रभावित जग्गा सुरक्षित भए वा नभएको प्रमाणित भएमा सजिलो हुने वताउछन् ।
भूगर्भविद् गएर जाँचेको भन्ने सुनिएको तर होकी होइन भन्ने एकिन नभएको प्रभावितले गुनासो गरेका छन् । ‘गएर जाँचेको भए हामीलाई गाँउ जाउ भन्थ्यो होला नी ? हाकुका उत्तम तामाङले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्