१८ सय मेरुदण्डका विरामीको उपचार



मोतीराम तिमल्सिना,काभ्रे ।

विभिन्न कारणबाट मेरुदण्डमा चोट पुगी शारिरिक रुपमा अपाङ्ग हुन पुगेका १८ सय विरामीहरुलाई स्पाईनल इन्जरी पुनस्र्थापना केन्द्रले उपचार सेवा उपलब्ध गराएको छ । १५ औ बार्षिकोत्सवको अवसरमा अस्पतालले सार्वजनिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ ।

१५ औ बार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले नेपालको भौगोलिक अवस्थाबाट दुर्घटनामा परी जीवनभर अपाङ्ग हुन पुगेका मेरुदण्डका विरामीहरुका लागि स्पाईन इन्जरी पुनस्र्थापना केन्द्रले ठुलो सहयोग पु¥याएको बताए ।

‘अन्य देश र नेपालको फरक भनेको नै सरसफाई रहेछ, सरसफाईकै कारण नेपालका अस्पतालहरुले प्रदान गर्ने सेवाका बारेमा गुनासो आईरहेका छन् तर स्पाईनल इन्जरीको सेवा मात्रै होईन ब्यवस्थापन र सरसफाईबाट पनि सेवाग्रहीको सन्तुष्टी बुझ्न सकिन्छ’– डोटेलले भने–‘सरकारले अस्पतालहरुलाई उपकरण खरिद र आयातमा दिदै आएको कर छुटलाई निरन्रता दिदै विशेषज्ञ डाक्टरहरुको सिफारिसमा पनि सहयोग गर्नेछौं ।’

सरकारले स्पाईनल इन्जरी जस्ता अस्पतालरुलाई देशका सातवटै प्रदेशमा पु¥याउन आगामी वर्षको बजेटमा सम्बोधन गर्ने, बजेटलाई स्थानीय तहको संरचनासँग जोड्ने र प्रदेश हुँदै केन्द्रिय स्तरसम्म पहुँच पु¥याउन सहयोग गर्ने डोटेलले बताए । १५ वर्षमा १८ सय विरामीलाई सेवा दिएको स्पाईनल नेपालकै नमुना अस्पतालका रुपमा चिनिएको उनले बताए ।

कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष कनकमणी दिक्षितले सरकारले स्पाईनल इन्जरी जस्ता अस्पतालहरुलाई दिदै आएको सहयोगको निरन्तरताका साथै अप्रेसनमा खर्च हुने रकम उपलब्ध गराउन अनुरोध गरे । समुदाय र विभिन्न दाताहरुको सहयोगमा संचालन गरिरहँदा दिर्घकालसम्म संचालनका लागि आवश्यक कोष जम्मा गर्न वा भौगोलिक अवस्था अनुसार देशका सबै क्षेत्रमा सेवा पु¥याउन उक्त सहयोग आवश्यक रहेको बताए ।

स्पाईनल इन्जरीले नेपालका अस्पतालमा शुरु नभएको चिसोको समयमा विरामीहरुलाई न्यानो, थेरापीका लागि काठको पार्केटिङ्ग तथा सानो सानो ब्यवस्थापनले सेवाग्रहीहरुलाई सन्तुष्टी दिन सकिएको दिक्षितले बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका कुष्ठ रोग नियन्त्रण महाशाखाका प्रमुख चुडामणी भण्डारी, स्थानीय विकास अधिकारी कोमल धमला, अस्पतालका कर्मचारी सुरेश पौड्याल, संस्थापक निर्देशक प्रचण्डबहादुर श्रेष्ठ, स्पाईनल इन्जरी भैसेपाटी साँगाका इशा थापा ढुंगाना लगायतले स्पाईनल इन्जरीले पु¥याएको सेवाका बारेमा जानकारी गराएका थिए ।

अस्पतालले मेडीकल, नर्सिङ्ग, फिजीयोथेरापी, अकुपेशन थेरापी, हाईड्रो थेरापी, सामाजिक सेवा, माईनर ओटी, ब्यवसायीक तालिम, ह्वीलचेयर सर्भिस, परामर्श सेवा, हाफ–वे–होम, ह्वीलचेयर मोविलिटी एरिया, होम भिजिट, फलओप भिजिट, एक्स रे, प्रयोगशाला, फार्मेसी, पुस्तकालय, २४ सै घण्टा एम्बुलेन्स सेवा र घर सरलीकरण लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्