गच्छादारको कमब्याक



चुनावको माहोल छ। राजनीतिक दलहरू आ–आफ्नो शक्ति बढाउनका लागि दौडधूप गर्दै छन्। यही दौडमा आज धराहराको दूरबिनले विजय गच्छादारलाई पहिचान गरेको छ। शक्ति र सत्ताको भोगीका रूपमा प्रख्यात गच्छादारले शक्ति र सत्ताकै लागि दुई साना दलसँग कार्यगत एकीकरण गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गच्छादारले संसद्कै पाँचौं शक्तिशाली दल बन्ने उद्देश्यले राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टी नेपालसँग एकीकरण गरेका छन्।

उक्त एकीकरणको कार्यक्रममा उनले आफूले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा दाबी पनि गरे। जुनसुकै सरकारमा गए पनि उपप्रधानमन्त्रीको पदमा नै आसीन हुन रुचाउने गच्छादार सदाबहार मन्त्रीका रूपमा पनि चिनिन्छन्। उनको यो ‘कमब्याकलाई मामुलीरूपमा लिन नहुने धराहराको सुझाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्