अवैधरूपमा खोटो संकलन दिनानुदिन वन विनाश



ललित सिंह, बझाङ
अवैध रूपमा खोटो संकलनले जिल्लाका ग्रामीण भेगमा रहेका सल्लाका रुख मासिँदै गएका छन्। सडक पिच गर्नका लागि आवश्यक पर्ने खोटो संकलन गर्दा राज्यको र जिल्ला वन कार्यालयको नियम र कार्यविधि विपरीत ठेकेदारले खोटो संकलन गर्दा सल्लाका रुख सुक्दै जानुका साथै वन विनाश भइरहेको छ। यसरी दामासाई खोटो संकलनले ग्रामीण भेगमा रहेका बस्तीहरू भूक्षय र पहिरो जाने, आगलागी हुने समस्या देखिँदै आएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति भक्तराज जोशीले बताउनुभएको छ।

जिल्लाका दर्जनौं बढी गाविसका अधिकांश वनमा खोटो संकलन गर्ने कार्य भइरहेको छ। उपभोक्ता समितिले राजस्व बढाउन र आफ्नै निजी स्वार्थकालाई वन उपभोक्ता समितिले ठेकेदारलाई खोटो संकलन गर्न दिएको छ। स्थानीय सरोकारवाला निकाय र उपभोक्ता, ठेकेदारको मिलोमतोमा ग्रामीण बस्तीका हरियाली सल्लाघारी वन दिनानुदिन विनाश र उजाड भइरहेको स्थानीय जोगबहादुर कठायतले बताउनुभएको छ।

खोटो संकलन गर्दा सरकारले निश्चित मापदण्ड बनाएको भए पनि यता ठेकेदारले र स्थानीय उपभोक्तालाई पैसाको लालच देखाई जथाभावी खोटो संकलनमा सोली लगाई र निषेधित घोषणा वन क्षेत्रमा आफ्नो मनलाग्दी हिसाबले खोटो संकलन गर्दै आएका स्थानीय रामप्रसाद जोशीले भने।

जिल्लामा अवैध रूपमा खोटो संकलनले दिनका दिन वन विनाश र सल्लाका रुख सुक्दै गएका छन्। यहाँको जिल्ला वन कार्यालय भने सामुदायिक वनका उपभोक्ताले आफ्नो निजी स्वार्थ र आफ्नो सामुदायिक वनको राजस्व बढी संकलन गर्नका लागि खोटो संकलन गर्न दिएको बताएको छ। वन सम्बन्धी विभिन्न नियमकानुन बनाएका छन् यस्ता नियम विपरीत कार्यहरू भइरहेको भन्न पनि सुन्न आएको छ यस्ता वन विनाश गर्ने कार्यहरू गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याएर काबाही गर्ने र खोटो संकलक ठेकेदार र उपभोक्तालाई खबरदारी गदै आएको जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभएको छ।

जिल्लामा भने आर्थिक वर्ष ०७२ र ०७३ मा ३६५ सामुदायीक बनहरू रहेका छन्। भने यी मध्ये जिल्लाका विभिन्न ठाउँमा रहेका १८ सामुदायिक वनमा खोटो संकलन गर्न अनुमति दिएको जिल्ला वन कार्यालय बझाङले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्