महिला राष्ट्रिय हक्की वैशाखमा



नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडामा हेटौंडाकप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । हक्की खेल विकास र प्रचारका लागि नेपाल हक्की संघ मकवानपुरले वैशाख १० देखि पा“च दिन प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा प्रदेश नं. १ बाट मोरङ, २ बाट धनुषा, ३ बाट मकवानपुर, ४ बाट कास्की र ७ बाट कञ्चनपुर कैलालीको टोलीले सहभागिता जनाउनेछन् । आयोजकका अनुसार प्र्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपिया“ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

हेटौंडामा राष्ट्रिय खेलकुद परिषद्ले २०७० पुसमा लुम्बिनी च्याम्पियनसिप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्