सहायक बनअधिकृत सहित दुई पक्राउ



सञ्जय कार्की, रौतहट ।

ब्यक्तिको नाममा राष्ट्रिय बनको जमिन दर्ता गर्न सहयोग गर्ने जिल्ला बन कार्यालयका एक अधिकृत सहित दुई जना रौतहटमा पक्राउ परेका छन । पक्राउ परेका दुई जना सहित ३६ जनामाथि अनुसन्धान हुने जिल्ला बन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला बनकार्यालय गुल्मिमा कार्यरत सहायक बनअधिकृत रामकेबल यादब र तत्कालिन रङ्गपुर गाबिसका पुर्ब अध्यक्ष एबम एमाले जिल्ला कमिति सदस्य हरी नारायण बन्ठा पक्राउ परेका छन ।

उनीहरु लाई जिल्ला बनकार्यालय रौतहटले जिल्ला अदालत गौर बाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय बनको १ सय २२ बिगाहा जमिन लाई सर्लाही, ओखलढुङ्गा, काठमाण्डौ, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोक सहित जिल्लामा बसोबास गर्ने २३ जना ब्यक्तिहरुको नाममा दर्ता गर्न सहयोग गर्ने माथि अनुसन्धान थालेको हो ।
जिल्ला बनकार्यालय रौतहटका तत्कालिन अधिकृत रामकेबल यादब सहितको मिलोमतोमा नापी कार्यालयले ०७२ जेष्ठ ६ गते पुर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको पाइएपछि जिल्ला बनकार्यालय रौतहटले सो जमिनको दर्ता खारेज गर्दै उनीहरु लाई पक्राउ गरी अनुसन्धान थालेको हो । जिल्ला बन कार्यालय रौतहट बाट सरुवा भई जिल्ला बन कार्यालय गुल्मिमा यादब कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्