गुल्मीबाट ८ सय २० जना म्यादी प्रहरी छनोट



अनिल खत्री,गुल्मी ।

स्थानिय तह निर्वाचनको सुरक्षाको लागी गुल्मीबाट ८ सय २० जना म्यादी प्रहरीमा छनोट भएका छन् । कुल १९ सय ९३ जना आबेदन मध्येबाट ६ सय ८२ जना पुरुष १ सय ३८ जना महिला छनोट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

म्यादी प्रहरीको लागी १ सय २३ जना बैकल्पीकमा राखिएको नेपालले जानकारी दिए । कुल संख्या मध्ये १७ सय २० जना पुरुष र २ सय ७३ जना महिलाले आबेदन दिएका थिए ।

गुल्मीमा जिल्लाको सदरमुकाम तम्घास र इलाका प्रहरी कार्यालय रिडीमा आबेदन दिने व्यावस्था गरिएको थियो ।

जिल्लाको लागी आबश्यक पर्ने संख्याको आधारमा छनोट गरिको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिए ।

म्यादी प्रहरीमा भर्नाको लागी १८ वर्ष पुरा भई ५४ वर्ष भित्रका पुरुष महिलाले आबेदन दिन सकिने व्यावस्था थियो । म्यादी प्रहरीको लागी चैत २५ गतेबाट तालिमको व्यावस्था गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्