फरार अभियुक्त जेल चलान



बनियानी (झापा), २३ चैत । ठगी मुद्दाका फरार एक जना अभियुक्तलाई जेल चलान गरेको छ ।

नक्कली सुन देखाएर सोझासिधा महिलालाई ठगी गरेको मुद्दामा अदालतबाट सजाय पाएर २०७२ वैशाख २१ गतेदेखि फरार रहेका साविक झापा डाँगीबारी– ७ हाल बाह्रदशी गाउँपालिकाका मनोज भनिने मोहन उप्रेतीलाई मङ्गलबार जेल चलान गरिएको हो ।

उक्त मुद्दामा जिल्ला अदालत झापाले २०७२ असार २७ गते उनलाई दोषी ठहर गरी एकवर्ष कैद र रू आठ लाख सात सय ३० जरिवाना तोकेको थियो ।

उप्रेतीलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले प्रहरी वृत्त ठिमी भक्तपुरको सहयोगमा चैत १८ गते पक्राउ गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्