भारतिय मोबाईल प्रयोग गर्न बाध्य



बिनोद सिंह बिष्ट,बैतडी ।

नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा तल्लोस्वराड क्षेत्रका बासिन्दा भारतिय मोबाईल प्रयोग गर्न बाध्य भएका छन ।

साविकको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसका स्थानिय बासिन्दा अझै पनि भारतिय मोबाईल प्रयोग गर्न बाध्य भएका हुन ।

यस क्षेत्रमा नेपाली फोनले काम गर्ने भनिएता पनि अधिकासं ठाउँहरुमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड फोन सेवाले काम नगर्ने उदयदेवका स्थानिय बासिन्दा बिरेन्द्र महताले बताउनु भयो ।

नेपाल टेलिकम कुनै पनि मोबाईलले काम नगर्दा भारतिय मोबाईलको प्रयोग गर्न बाध्य भएको शिवनाथ गाउपालिका १ की रेखा साउदले बताउनुभयो । उहाँले भन्नुभयो “गाँउमा सबैले भारतीय मोबाईल प्रयोग गर्ने गरेका छौ” ।

भारतसँग सिमा जोडिएको तल्लोस्वाराड क्षेत्रमा नेपाल टेलिकमले प्रभावकारी सेवा दिन नसक्दा स्थानिय बासिन्दा भारतिय मोबाईलको प्रयोग गर्न बाध्य भएका हुन ।

नेपाल टेलिकमको सेवा नै प्रभावकारी नहुँदा सबैले भारतिय मोबाईल प्रयोग गर्ने गरेको स्थानिय बासिन्दा पुस्कर साउदले पनि बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली मोबाईलको नेटवर्क नै आउदैन ।”

तल्लोस्वाराडमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य सेवा लगायतका सेवाहरु प्रभावित हुने गरेकोले टेलिकमले त्यो क्षेत्रमा आफ्नो सेवा प्रभावकारी बनाउन जरुरी रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्