यादवद्वारा औषधालयलाई निःशुल्क जग्गा



राजविराज, २३ चैत । सप्तरीको प्रसवनी गाविसस्थित आयुर्वेद औषधालयका लागि एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।

प्रसवनी गाविस–८ निवासी बद्रीनारायण यादवले रु पाँच लाख मूल्य पर्ने ११ धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

यादवले प्रदान गरेको जग्गा प्रसवनी आयुर्वेद औषधालयको नाममा नामसारी समेत भइसकेकाले अब त्यहाँ आयुर्वेद औषद्यालय खुलेमा हजारौँ जनता लाभान्वित हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, राजविराजका प्रमुख डा शिवशङ्कर यादवले जानकारी दिनुभयो ।

सप्तरी जिल्लामा एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सात वटा आयुर्वेद औषद्यालय रहेको बताइएको छ जसमा प्रसवनीसहित तीनवटा औषद्यालयको आफ्नै जग्गा छ भने एउटा औषद्यालयको जग्गासहित आफ्नै भवन रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्