नबिल बैंकको जोरपाटी शाखा नयाँ भवनमा



काठमाडौं, (नेस)
नबिल बैंकले जोरपाटी शाखा बौद्ध पिपलबोटमा रहेको आधुनिक व्यावसायिक भवनमा सरेको छ। बैंकका सञ्चालक तथा अन्य कर्मचारीको उपस्थितिमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले शाखाको नयाँ केन्द्रको उद्घाटन गर्नुभयो।

बैंकले स्थानान्तरित शाखाबाट ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा अझ सहज र सरल रूपमा उपलब्ध गराउने उद्देश्य राखेको छ। पर्याप्त पार्किङको सुविधा रहेको उक्त शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले हाल ५२ वटा शाखा, ९५ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथमा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्