आर्मीको लगातार तेस्रो जित



काठमाडौं, (नेस)
त्रिभुवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (वीएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा मंगलबार लगातार तेस्रो जित हात पारेको छ । आर्मीले साउथ साइडर्सलाई ८२–६१ ले पराजित गर्यो । आर्मीको जितमा रविन खत्रीले २२ अंक जोडे । आयोजक विशाल मिलन केन्द्र (विएमके) इनोभेटिभ बानेश्वरलाई ६९–६१ ले हरायो । विजयी टिमका लागि सन्देश तामाङले १७ अंक जोडे । महिलातर्फ हिमालयन ह्वाइटहाउसले प्राइमलाई ४५–४० ले निराश पार्यो । ह्वाइटहाउसकी अनुषा मल्ल ठकुरीले २० स्कोर गरिन् ।

प्रतिक्रिया दिनुहोस्