आनाको सपना



एकजना विदेशीले नेपालका बारेमा गरेको चिन्ताले धरहराको मन छोएको छ । उमेरले भर्खर २२ टेकेकी आनाले नेपालप्रति देखाएको समर्पण भावले धरहरा नतमस्तक भएको छ ।

पहिलोपटक आफ्नो देश अमेरिका छोडेर एसियाको पनि नेपाल आएकी आना साच्चै नेपालकी सच्चा मित्र हुन भन्ने उदाहरण उनको व्यवहार धरहराले देखेको छ । नेपाल आएकी आना अहिले राजधानीको धुलो मैलो मात्र होइन नेपालीले देखाएको एटिच्युट नै परिवर्तन गर्न लागि परेकी छिन । नेपालजस्तो सुन्दर देशमा किन यस्तो बेहाल भएको छ भन्ने विषयमा उनले अनुसन्धान शुरु गरेकि छिन ।

प्रकृतिको अनुपम नमुनाका रूपमा रहेको नेपाल के कारणले विश्व मानचित्रमा अहिले अलमलमा पर्यो भन्ने खोजीमा रहेकी आना अब नेपाली जनतालाई केही सिकाएर मात्रै आफ्नो देश फर्कने अठोट गरेको दृष्यले धरहराको मन छोएको छ । नेपाली कुरा बढी गर्ने तर काम नगर्ने सोचलाई परिर्वतन गर्न उने अघि सारेको योजना सुनेपछि धररहा पनि आनाको अनुयायी बन्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्