चुनावमा ८० दलको भिडन्त आयोगद्वारा दलहरूलाई चैत २६ सम्मको म्याद



सुनील महर्जन, काठमाडौं
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ८० दलले भाग लिन पाउने भएका छन्। निर्वाचन आयोगले मंगलबार स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूको नामावली सार्वजनिक गरेको हो। निर्वाचनमा दल दर्ता गरेका विभिन्न दलहरूको सूची प्रकाशित गरेपछि दलहरू आफ्ना विभिन्न कार्यक्रम लिएर अब प्रचारप्रसारमा औपचारिक रुपमा लाग्न सहज भएको छ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार पहिलोमा नेपाली कांग्रेस, दोस्रोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), तेस्रोमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टी र पाँचौंमा संघीय समाजवादी फोरम नेपाल रहेका छन्। आयोगले संसद्मा भएको प्रतिनिधित्व अनुरुप दलहरूको स्थान निर्धारण गरेको हो। संसद्मा प्रतिनिधित्व गरेका दललाई चुनाव चिह्न यथावत् राखिएको छ।

निर्वाचनमा भाग लिन पाउने दलहरूमा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल रहेका छन्।
त्यसैगरी बहुजन शक्ति पार्टी, अखण्ड नेपाल पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाली जनता दल, खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, मधेस समता पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), दलित जनजाति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, ग्रीन पार्टी नेपाल, मुस्कान सेना नेपालले पनि निर्वाचनमा भाग लिन पाउने दलको सूचीमा रहेका छन्।

निर्वाचनमा भाग लिन पाउने दलहरूमा, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल समावेशी पार्टी, नेपाल जनता पार्टी, नेपाल आमा पार्टी, मधेस तराई फोरम, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टी, मधेसी जनअधिकार फोरम मधेस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल कम्युनिस्ट पार्टी (माले–समाजवादी), शिवसेना नेपाल, शान्ति पार्टी नेपाल, नेपाल सकुम्बासी पार्टी (लोकतान्त्रिक), बहुजन समाज पार्टी नेपाल, देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा, राष्ट्रवादी एकता पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी दल र लोक दल रहेका छन्।
देशभक्त समाज, जनशक्ति नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, चुरेभावर राष्ट्रिय पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, लिबरल डेमोक्रेटिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी, नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, लोक कल्याणकारी जनता पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), गान्धीवादी पार्टी नेपाल, राष्ट्रवादी पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल जनलोकतन्त्र पार्टी, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय जन एकता पार्टी, हाम्रो पार्टी, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी, नेपाल, विवेकशील नेपाली दल, हाम्रो नेपाल पार्टी, युवा नेपाल पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि निर्वाचनमा भाग लिन पाउनेछन्।

यसैबीच निर्वाचन आयोगले उम्मेदवार मनोनयनपत्रको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीहरूको नाम, थर र हस्ताक्षरको नमुना पठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १८ बमोजिम आयोगले सो आग्रह गरेको हो। स्थानीय तहको निर्वाचनमा भाग लिने दलले चैत्र २६ गतेसम्ममा त्यस्तो विवरण पठाइसक्नुपर्ने आयोगले जनाएको छ।

आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति वैशाख १६ अगावै सम्बन्धित निर्वाचन अधिकृतसमक्ष पठाउनुपर्नेछ। रीत नपुर्याई मनोनयन पत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता नदिइने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

राजनीतिक दल मनोनयन पत्र प्रदान गर्ने अधिकार पाएको व्यक्तिको नाम, थर, पद र निजको दस्तखतको नमुना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिले तोकेको सो समिति वा प्रदेश समितिको पदाधिकारीले प्रमाणित गरी पठाउनुपर्ने पनि आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्