यस वर्ष पनि समयमा पाठइ्पुस्तक नआउने संकेत



यमलाल भुसाल, बुटवल
नक शिक्षा सामग्री केन्द्रको गैरजिम्मेवारीका कारण यस वर्ष पनि समयमा पाठइ्पुस्तक नआउने संकेत देखिएपछि रूपन्देहीका सरोकारवाला निकायले सरकार संवेदनशील हुन माग गरेका छन्।

पाठइ्पुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले शुरुमा दैनिक १ लाख प्रतिका हिसाबले पुस्तक छपाइ गर्ने भने तापनि हाल दैनिक २० हजारका दरले छपाइ गरेकाले समयमा पाठइ्पुस्तक बजारमा नआउने निश्चित भएको नेपाल पुस्तक व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा पाठइ्पुस्तक छपाइ तथा बिक्री–वितरण अनुगमन समितिका सदस्य हरि अर्यालले बताउनुभयो।

अभिभावक संघ रूपन्देही नेपालले मंगलबार बुटवलमा आयोजना गरेको नयाँ शैक्षिक सत्रमा पाठइ्पुस्तक व्यवस्थापको विषयमा सरोकारवाला संघको अन्तरक्रियामा महासंघका अध्यक्ष अर्यालले जनक शिक्षा सामग्रीको अहिलेको पाठइ्पुस्तक छपाइको शैलीले २ वर्षको समय लाग्ने दाबी गर्नुभयो।

पाठइ्पुस्तकको छपाइ निजी क्षेत्रलाई नदिएसम्म समयमा किताब बजारमा नआउने निश्चित भएको समेत उहाँले बताउँदै कक्षा १० का लागि रूपदेहीमा १३ हजार पुस्तक आवश्यक पर्नेमा जम्मा १२ सय पुस्तक मात्र आएको बताउनुभयो।
सोही समारोहमा उहाँले शिक्षा कार्यालयले स्वीकृत गरेको पाठइ्पुस्तक मात्र विद्यालयहरूले लगाउन पनि सबैलाई आग्रह गर्नुभयो। कार्यक्रमा जिल्ला शिक्षा कार्यालय रूपन्देहीका शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालय सञ्चालक र प्राधानाध्यापकहरू चनाखो भई शैक्षिक सत्र शुरुसँगै पाठयपुस्तकको व्यवस्था गर्न लागिपर्नुपर्नेमा जोड दिनुभयो।

जिल्ला शिक्षा अधिकारी थापाले गत फागुन २० गतेभित्र जिल्लाका सबै विद्यालयले पाठइ्पुस्तकको सूची सार्वजनिक गर्नुपर्नेमा अझै केही विद्यालयले सार्वनिक नगरेको चर्चा गर्दै सूची सार्वजनिक नगरिकनै लागू गरिएका पाठइ्पुस्तक अनुगमनको क्रममा फेलापरे कारबाही गरिने चेतावनी दिनुभयो।
निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्यासन क्षेत्र नबर ५ का संयोजक कृष्ण खनालले पाठइ्पुस्तक छपाइ तथा बिक्री–वितरण गर्ने राज्यका निकाय गैरजिम्मेवारी भएकाले समयमा पुस्तक बजारमा आउन नसकेको बताउँदै जनक शिक्षा सामग्रीको काम सन्तोष जनक नभएको धारणा राख्नुभयो।

त्यस्तै प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एन प्याब्सन रूपन्देहीका अध्यक्ष देउप्रकाश राई पुस्तक व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रवि शर्मा शिक्षक युनियन रूपन्देहीका अध्यक्ष छवि पाण्डेले बजारमा पाठइ्पुस्तक अभाव रहेकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको थियो।
अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमा हेम थापा, झविन्द्र पौडेल, खिमनारायण पराजुलीलगायतले पाठइ्पुस्तक छपाइ गर्ने र वितरणको जिम्मा पाएका निकाय नै गैरजिम्मेवारी भएकाले समयमा पुस्तक आउन नसकेको धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्