सिन्धुलीमा १ लाख ६८ हजार मतदाता



नेपाल समाचारपत्र, सिन्धुली ।
सिन्धुलीमा मतदाताको संख्या १ लाख ६८ हजार २ सय ४७ रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । अवको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र ८२ हजार ९ सय ३८ जना महिलाले मात्र मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले अद्यावधिक सहितको मतदाता नामावलीको सुचि कार्यालयमा पठाएको निर्वाचन अधिकारी रमेश जोसीले जानकारी दिनुभयो । अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए ।

अहिले थप भएर आएका मतदाताहरुले विवरण त्रुटि भएमा सच्याउन नपाउने निर्वाचन अधिकारी जोशीले बताउनुभयो । निर्वाचन कार्यालयले अस अघि विभिन्न समयमा मतदाता नामावली प्रकाशन गरेको र प्रकासन पछि पनि त्रुटि सच्याउन नआउनेको अहिलेको चुनावमा सच्याउन नसकिने उहाँको भनाई छ ।

यस्तै सिन्धुलीमा बैशाख १ गतेबाटै गाउँ गाउँमा मतदाता कक्षा सञ्चालन गरिने भएको छ । आवश्यक तयारी भै रहेको र २०७४ सालको पहिलो दिनबाट नै मतदाता कक्षा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्