अधुरो संरचना पूरा नगरे युद्ध हुन्छ – उपेन्द्र यादव



फिरोज सिद्दिकी, सिरहा । संघिय समाजवादी फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन गरेर अधुरो संरचना पुरा नगरे निर्वाचन होइन युद्ध हुने चेतावनी दिनुभएको छ ।
सिरहाको लहानमा आयोजित पार्टी प्रवेश कार्यक्रमामा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन विना सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नभई संघर्षको महाभारत हुने चेतावनी दिनु भएको हो ।
मुलुकमा शान्तिको लागि दुईवाटा वाटो रहेको भन्दै पहिलो वाटो संविधान संशोधन गरेर अधुरा संरचना पुरा गर्नुको विकल्प नरहेको बताउँदै यसलाई वेवास्ता गरे मधेशी जनता फेरि संघर्षमा जाने र माहाभारत जस्तै भयानक युद्ध हुने घोषणा समेत गर्नुभयो ।
वर्तमान अवस्थामा स्थानीय तहको निर्वाचन हुन नसक्ने भन्दै संघिय प्रणलीमा स्थानीय तहको निर्वाचन प्रान्तीय सरकारले गर्नुपर्ने भन्दै पहिले केन्द्र, त्यसपछि प्रान्त र अन्तयमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउनु भयो । उहाँले जनसंख्याको आधारमा गाँउपालिका र नगरपालिका कायम हुनुपर्ने बताउदै चुनावको नाममा सेनाको प्रयोग दुर्भाग्य रहेकोले चुनावमा सेना परिचालन वन्द गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष यादवले सदभावना पार्टीका केन्द्रिय सहमहासचिव राजकुमार गुप्ता र केन्द्रिय सदस्य योगेन्द्र राय यादव सहित अन्य पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई फुलमाला लगाई पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्