मिनि ट्रक दुर्घटनामा २० जना घाईते ।



चिरञ्जीवी मास्के, दोलखा । दोलखा भीमेश्वर नगरपालीका वडा नम्बर ५ (साविक भीमेश्वर नगरपालीका वडा नम्बर ६) पिपलबोट नजिक मिनि ट्रक दुर्घटना हुदा २० जना घाईते भएका छन् । घाईते मध्य तीन जना गम्भीर रहेकाले काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ३ (साविक घ्याङ सुकाठोकर वडा नम्बर ५) ओख्रेनीबाट बा ४ ख १७३२ नम्बरको मिनिट्रकमा रामनवमीको अवसरमा भीमेश्वर मन्दिरमा पुजा गर्न आएका स्थानिय ३० जना दुर्घटनामा परेका हुन ।

दुर्घटनामा घाईते भएका मानबहादुर तमाङ, मिरा तमाङ र रामदेवी तमाङलाई थप उपचारको लागि काठमाडौँ पठाईएको प्रहरीको भनाई छ । टेकबहादुर तमाङ र बेदबहादुर तमाङ गम्भीर रहेको र टाउकोमा चोट लागेका मानबहादुर तमाङलाई थप उपचारको लागि काठमाडौँ लगिएको स्थानिय हिरा थोकरले बताए ।

दुर्घटनामा घाईते टेकबहादुर तमाङ, बेदबहादुर तमाङ, बेनबहादुर तमाङ, रामजी तमाङ, रसिला खड्का, रश्मि खड्का, प्रनिता खड्का, निमा थोकर, पदम थोकर, श्यामबहादुर तमाङ, गणेश केसी, यश्मिला तमाङ र कमल खड्काको चरिकोट स्थित च्छो रोल्पा जनरल अस्पतालमा उपचार भएको र रामदेवी तमाङ, अनिशा तमाङ, टिकामाया तमाङ, सूर्यबहादुर थोकर तथा मङ्गलीमाया तमाङको सामुदायीक अस्पतालमा उपचार भएको जनाईएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोडमा तिब्रगतिका कारण दुर्घटना भएको मिनिट्रकका सहयोगी एवं दुर्घटनाका घाईते कमल तमाङले बताए । मिनिट्रकका चालक साविक घ्याङ सुकाठोकर वडा नम्बर ६ का दुर्गाबहादुर खड्का दुर्घटना पछि सम्पर्क विहिन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्