सुरुङमार्गमा सरकारी लगानी आवश्यक



नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघले सरकारले यस वर्ष तर्जुमा गर्ने बजेटमा निजी क्षेत्रका विषयलाई अझ सशक्तरुपमा ल्याउन आफ्ना धारणासहित ५३ बु“दे ध्यानाकर्षणपत्र बुझाएको छ ।

बीरगञ्जमा मंगलबार भएको कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महरालाई पत्र बुझाइएको हो । कार्यक्रममा संघ महासचिव महेन्द्र राउतले हाल बजारमा देखिएको न्यून विजकीकरण समस्या समाधान गर्न अर्थमन्त्री महराको ध्यानाकर्षण गराउनुभएको थियो । महासचिव राउतले हेटौंडा–काठमाडौं सुरुङमार्गमा सरकारले पनि लगानी गरी निर्माण सम्पन्न गर्नुका साथै निर्माणाधीन औद्योगिक क्षेत्रको भौतिक संरचनाका लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभएको थियो ।
अर्थ मन्त्रालयको आयोजनामा भएको बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीचको अन्तक्र्रियामा मकवानपुर अदुवा उत्पादक संघ अध्यक्ष गोपालप्रसाद गौतमले नेपाली अदुवा निकासीमा लगाइएको रोकलाई तत्काल हटाउने पहल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटका उद्योगी÷व्यवसायी तथा सम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रमका सुझावलाई आगामी बजेटमा सम्बोधन गर्न हरसम्भव प्रयास गरिने आयोजक राजस्व परामर्श समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्