नेपालले सबै देशसँग सन्तुलीत भुमिका निर्बाह गर्नुपर्ने



काठमाडौँ (नेस) ।
नेपालले सबै देशसँग सन्तुलीत भुमिका निर्बाह गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

बदलिँदो विश्व सन्दर्भमा नेपालको विदेश नीति सम्बन्धमा भएको एक दिवसीय सम्मेलनमा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनिहरुले परराष्ट्र निती परीवर्तन हुन नसक्ने भन्दै सबै देशसंग सन्तुलीत भुमिका निर्बाह गरीनुपर्ने बिचार व्यक्त गरेका हुन् ।

एसियन इन्स्टिच्युट अफ डिप्लोम्यासी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडिए) र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।
एआईडिएका अध्यक्ष सुनिल केसीको अध्यक्षतामा भएको सम्मेलनमा पूर्व पराराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेपूर्व गभर्नर एवम् पूर्व अर्थमन्त्री मधुकरशमशेर राणा, युवराज संग्रौला सुरेन्द्र पाण्डे, डा. निर्मलमणी अधिकारी, दीपक प्रकाश भट्ट लगायतले धारणा राख्नुभएको थियो ।

उहांहरुले नेपालले छिमेकी देशलाई विश्वासमा राखेर राष्ट्रिय स्वार्थको रक्षा गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

पहिलो प्राथमीकतामा मातृभुमिलाई पार्नुपर्ने भन्दै नेपालले विदेश नीतिका प्राथमिकता वदल्नुपर्ने बताउनुभयो । सो अबसरमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको बिकास र प्रगतिका लागी छिमेकि देशसंग सकारात्मक सम्झौता अर्थात लेनदेन गर्नुपर्ने बताउनुभयो । ६ वटा शीर्षकमा समग्र परराष्ट्र निती र अन्तराष्र्टिय सम्बन्धका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्