अनिल र नवयुग अस्ट्रेलियामा सम्मानित



नेपाल समाचारपत्र
काठमाडौं
गैरआवासिय नेपाली संघ अस्ट्रेलियाले परदेशमा देशको नाम राखेर राष्ट्रका गहना भएको भन्दै पहिलोपटक स्पोर्टस अर्वाड समारोहबीच नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मानित गरेको छ।

अस्ट्रेलियामा रहेका नेपालीलाई एकताको गाँठोमा बाध्ने प्रयासस्वरूप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना गरेको स्पोर्टस अर्वाड नाइटमा नेपालबाट फुटबलका स्टार अनिल गुरुङ, नवयुग श्रेष्ठ र भलिबलका पूर्वकप्तान भरत शाहलाई विशेष अतिथिका रूपमा बोलाइएको थियो।

खेलकुदको माध्यमबाट देश चिनाउने खेलाडी मुलुकका गहना भएको भन्दै अस्ट्रेलियामा छरिएर रहेका दश खेलाडीलाई समेत एनआरएन अस्ट्रेलियाले स्पोर्टस अर्वाडमा विशेष सम्मान प्रदान गरेको थियो। जसमा नेपालको प्रतिनिधित्व गरी तीन पटक यु–१९ विश्वकप खेलिसकेका यशवन्त सुवेदी, प्रेम चौधरी, टी–ट्वान्टी विश्वकप खेलेका नेपालका बायाँहाते फास्ट बलर अमृत भट्टराई, सागमा उसुमार्फत् स्वर्ण पदक विजेता विनीता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा रहेका थिए। अस्ट्रेलियामा रहेर यहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडिबल्डिर सन्तोषकुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ, सञ्जीव चौधरी तथा जुडोका मोहम बम रहेका थिए।

प्रतिक्रिया दिनुहोस्