सरकारद्वारा घाइते र मृतक खेलकर्मीलाई सहयोग



नेपाल समाचारपत्र
काठमाडौं
गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा घाइते तथा मृत्युवरण गरेका खेलकर्मीहरुको आश्रित परिवारजनलाई नेपाल सरकारले आर्थिक सहयोग गरेको छ। खेलका क्रममा गम्भीर घाइते भएका मनराज शाहीलाई उपचार खर्च र दुई मृतक खेलकर्मी कर्णबहादुर खड्का र वासुदेव भट्टराईको परिवारलाई जनही १० लाख रुपियाँ उपलब्ध गराइएको हो।

गत फागुनमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्राप्त रकम सोमबार एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले मृतक तथा घाइते खेलकर्मीका आश्रित परिवारहरुलाई वितरण गर्नुभयो।

सो अवसरमा मन्त्री श्रीपाइलीले खेलाडीको भलाइका लागि युवा तथा खेलकुद मन्त्रालय लागिपरेको बताउनुभयो। उनले खेलाडीहरुको बीमा गर्ने तथा खेलाडी कल्याणकारी कोष गठनका लागि सम्बन्धित पक्षहरुसँग छलफल अगाडि बढाउनुका साथै सरकार समग्र खेलकुद क्षेत्रको पूर्वाधार विकास, विस्तार तथा खेलकर्मीहरुको हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
उक्त अवसरमा मृतक कर्णबहादुर खड्काकी श्रीमती विअ खड्का, मृतक खेलकर्मी वासुदेव भट्टराईकी श्रीमती मना भट्टराई र घाइते मनराज शाहीले मन्त्रालयले उपलब्ध गराएको रु. १० लाख रकमको चेक बुझ्नुभएको थियो। सहयोग रकम वितरण कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल एवं उच्च अधिकारीका साथै खेलकुद क्षेत्रका व्यतिmत्वहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्