हैट, अमेरिकी सेना !



संसारको सबैभन्दा शक्तिशाली सेना कहाँको भन्दा सबैले उत्तर दिने गर्छन्– संयुक्त राज्य अमेरिकाको। धरहरा पनि यही भनाइमा विश्वास राख्दै आएको थियो। तर, यो गलत हो भन्ने धरहरालाई अहिले लागेको छ। सन्दर्भ हो पाँचखालको। विश्वका २८ देशका सेना हिजोसम्म त्यहाँ संयुक्त अभ्यास गरिरहेका थिए।
त्यहाँ अमेरिकी सेनापनि सहभागी थिए। अमेरिकी सेनाको एउटा टुकडीलाई तालिमको क्रममा सहभागी गराइएको थियो। त्यही क्रममा सोमबार समापन समारोहमा खडा गरिएका २८ देशका सैनिकमध्ये सबैभन्दा कमजोर अमेरिकी सेना देखेपछि धरहरा तीनछक परेको छ।

परेडमा सामेल भएका अमेरिकी सेना पटापट ढलेपछि अन्य देशका सेनाले उनीहरूको खिसीटिउरी गरेको धरहराले देखिहाल्यो। होइन एक घण्टाको पनि परेड गर्न नसक्ने कस्ता अमेरिकी सेना भन्या। विश्व नै हाँक्ने धमास दिने देशका सेना ठाउँका ठाउँ बेहोस भएपछि धरहरालाई लाग्यो अमेरिकी हाउगुजी मात्रै रहेछ। संसार हाक्नेको स्टामिना अरू देशका सैनिकको भन्दा बढी हुनुपर्ने होइन र भन्या ? हात्तीको चपाउने दाँत र देखाउने दाँत फरक हुन्छ भन्थे हो रहेछ कि क्या हो पाठक वृन्द ?

प्रतिक्रिया दिनुहोस्