चित्रमा नेपालका चाडपर्व



विद्यालयका प्रांगणमा चित्र कोर्न बसेका विद्यार्थी मख्ख थिए। किनकि उनीहरूको जोस र जाँगर पनि थियो। नेपालका चाडपर्वको चित्र कोर्दा मख्ख परेका बालबालिकाले एकान्तमा बसेर चित्र बनाए। सबैलाई उत्कृष्ट हुने रहर थियो। तर निर्णायकको भूमिकामा रहेकाहरूले चित्र छनोट गरेर पुरस्कृत घोषणा गरे। कलिला मस्तिष्कका ती बालबालिकाले सोचेका होलान् म राम्रो चित्र बनाएर पहिलो हुन्छु। सबै विद्यार्थी सफल त भए तर कतिले आफूले सोचेजस्तो बनाउन सकेनन्। किनकि बिहानै प्रतियोगितामा सहभागी हुन आएका उनीहरूमध्ये केहीले नेपालका चाडपर्वको विषयमा पहिले नै जानकारी हासिल गरेका थिए भने कोहीले किताब पढेका थिए। राजधानीका ४ वटा वडाका करिब २ दर्जन विद्यालयका विद्यार्थी सहयोगी विद्यालय द रोलिङ स्टोन्समा आए। उनीहरूले आफ्नो प्रतिभा पनि देखाए। कतिले त एक अर्को विद्यालयको अनुभव साटासाटसमेत गरे।


सायद वडा स्तरमा विद्यालय परिवार भेला गरेर खुला चित्रकला प्रतियोगिता गराउने यो दोस्रो सफलता हो। कतिपय विद्यालयले अन्तर विद्यालय प्रतियोगिता गराएका होलान् तर रोलिङ स्टोन्सले काठमाडौं महानगरपालिकाको १९, २०, २१ र २३ गरी ४ वटा वडाका विद्यार्थी भेला गराएर प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि बन्नुभएका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति चर्चित चित्रकार किरण मानन्धर ६ देखि १४ वर्षका विद्यार्थीको प्रतिभा देखेर छक्क पर्नुभयो। उहाँले विद्यालयलाई धन्यवाद दिनुभयो। ‘मैले सोचेभन्दा राम्रा विद्यार्थी रहेछन्, उनीहरूको प्रतिभालाई विद्यालयबाटै जोगाउनु हाम्रो पनि दायित्व हो’ उहाँले भन्नुभयो।भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुल परिसरमा आयोजना गरेको प्रतियोगितामा ६ देखि १५ वर्ष उमेर समूहका कक्षा १ देखि ९ का ३ सय २५ जना विद्यार्थीको सहभागिता थियो। १–५ र कक्षा ६–९ गरी दुई चरणमा सम्पन्न प्रतियोगितामा ६–९ कक्षा स्मृति महर्जन प्रथम, विपना शिवाकोटी द्वितीय, सन्ध्या शाक्य तृतीय, ऋतिका हालोन चौथो र सुजल वज्राचार्य पाँचौं भएका थिए। त्यस्तै कक्षा १–५ बाट युनिसा कार्की प्रथम, सुष्मा श्रेष्ठ द्वितीय, आयुष रौनियार तृतीय, प्रकाश जैसवाल चौथो र रवि मुनिकार पाँचौं भएका थिए।

चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई रोलिङ स्टोन्स विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठ र कामपा २० नम्बर वडाका प्रशासकीय प्रमुख अञ्जली सिन्धुकारले शुभकामना दिनुभएको थियो। विजयी विद्यार्थीलाई प्रमुख अथिति ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति मानन्धरले प्रमाणपत्र र विद्यालयका सामग्री वितरण गर्नुभएको थियो। कार्यक्रममा सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।


Winners of Drawing Competition 2073 (Seniors)

1st Position: Smriti Maharjan
2nd Position: Bipana Siwakoti — at The Rolling Stones School.
3rd Position: Sandhya Shakya
4th Position: Ritika Halon
5th Position: Sujal Bajracharya

 


Winners of Drawing Competition 2073 (Juniors)

1st Position: Yunisha Karki
2nd Position: Sushma Shrestha
3rd Position: Ayush Rauniyar
4th Position: Prakash Jaiswal
5th Position: Rabir Munikar

 

प्रतिक्रिया दिनुहोस्