अबैध काठ बरामद 



नेपाल समाचारपत्र, बारा ।

इलाका प्रहरी कार्यालय निजगढबाट गस्तीमा खटिएको प्रहरी टोलीले २ वटा बयल गाडामा रहेको ६ फिट लम्बाई र ६ ईन्च चौडाई भएको चिरान काठ अन्दाजी बरामद गरेको छ । सोमबार निजगढ नगरपालिका–८ बाट ८० थान काठ फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद काठ बन कार्यालयसंग समन्वय गरी बुझाउने कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्