‘धर्म परिर्वतन गराएर मुलुकलाई संकटमा पार्ने खेल हुँदैछ’– उपप्रधानमन्त्री थापा



नेपाल समाचारपत्र, पर्वत ।

उपप्रधान तथा स्थानिय बिकास मन्त्री कमल थापाले जबरजस्त धर्म परिर्वतन गराएर मुलुकलाई संकटमा पार्ने खेल भैरहेको आरोप लगाएका छन ।
पर्वतको कुस्माबजारमा सोमबार बिहान कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष समेत रहेका थापाले बाह्य शक्तिले नेपालमा धर्म परिर्वतन गराएर मुलुकलाई नै संकटमा पार्न खोजेको आरोप लगाएका हुन ।
‘सनातन हिन्दु धर्म र परम्परालाई कमजोर बनाएर बिदेशी धर्म संस्कृति बढाउने र मलकलाई नै खतरामा पार्ने खेल भैरहेको छ’ उनले भने ‘जबरजस्त धर्म परिर्वतन गराउनेहरुले राष्ट्रिय अस्तित्व नै समाप्त पार्नेछन ।’

प्रतिक्रिया दिनुहोस्