घरमै २ क्विन्टल गाँजा



नेपाल समाचारपत्र, हेटौंडा । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं ८ बाट १३ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लुकाइराखेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले साबिक काँकडा–४ बाट आरदेसिंह प्रजा र रामकुमार प्रजालाई पक्रेको हो ।

उनीहरुलाई घर खानतलासी गरी गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । आरदे सिंहको घरमा छापामा मार्दा ५ वटा बोरामा रहेको ६७ केजी गाँजा र रामकुमार प्रजाको घरमा छापा मार्दा ८ वटा बोरामा रहेको १ सय ६२ केजी गाँजा बरामद गरिएको हो ।

१३ बोरामा रहेको गाँजाको परिमाण २ क्विन्टल २९ केजी छ । बरामद गाँजा र पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्