एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ



काठमाडौँ (नेस)   ।
काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित ईन्भेष्टमेन्ट बैंकका एटीएम बुथ बाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिक ३२ बर्षीय भोसिन एलेक्स सोनोभ लाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट एटीएम कार्ड ५४ थान, (प्रो इन्भेन्ट ९३२५ लेखिएको कार्ड एटीएम बुथमा अड्किएको अवस्थामा भेटिएको ), १ हजार दरका नोट १ सय ३४ थान, ५ सय दरका नोट २७ थान, १ सय दरका ४ थान, ५० दरका नोट ९ थान गरी १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोवाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्