नयाँ बीमा कम्पनीलाई बाटो खुल्यो



नेपाल समाचारपत्र
काठमाडौं
अब नयाँ बीमा कम्पनी खोल्नका लागि बाटो खुलेको छ। आइबार बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ जारी गर्र्दै नयाँ बीमा कम्पनी खोल्न सकिने व्यवस्था गरेपछि बाटो खुलेको हो।

समितिले विदेशी साझेदारीमा सञ्चालित बीमा कम्पनीले पनि सर्वसाधारणलाई शेयर जारी गर्नुपर्ने नयाँ निर्देशिकामा उल्लेख छ। नयाँ बीमा कम्पनीको दर्ताको लागि ५ वर्षको व्यावसायिक योजना, पँजी संरचनाको विवरण, स्थिर सम्पत्तिको विवरण, व्यवस्थापन खर्च तथा नयाँ बीमकले स्थायित्व पाउन सक्ने वा दिगो वृद्धि हासिल गर्ने आधारभूत रणनीति पेस गर्नुपर्छ।

त्यस्तै बीमा कम्पनीमा न्यूनतम ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको शेयर संरचना हुनुपर्ने। जसमा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ तथा विदेशी लगानीमा स्थापना हुने बीमा कम्पनीले ८० प्रतिशत विदेशी लगानी र २० प्रतिशत स्वदेशी लगानीमा बीमा कम्पनी खोल्न सक्ने छन्।

५० प्रतिशतभन्दा कम विदेशी लगानी भएमा सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत शेयर दिनुपर्छ। बीमा कम्पनी स्थापनाको लागि पहिले बीमा समितिबाट अनुमति लिएर मात्र अन्य प्रक्रिया चाल्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्