क्यान्सरपीडितलाई उपचारमा समस्या



गुल्मी, (नेस)
फाक्सोको क्यान्सर पीडित गुल्मीका एक व्यक्तिले आर्थिक सहयोगको अपिल गरेका छन्। साविकको बाँझकटेरी–९ हालको मदाने गाउँपालिका मुलाबारीका ३१ वर्षीय ताराबहादुर केसीले आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन्। ६ महिना अघिदेखि फोक्सोको क्यान्सरबाट पीडित केसीले उपचारमा ठूलो रकम लाग्ने भएपछि सहयोगको याचना गरेका हुन्। उनको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको साथै श्रीमतीमा अपांगता भएकाले उपचारमा सहयोग गर्नको लागि गुल्मी पुर्काेटदहमा क्रियाशील जनप्रिय युवा क्लबले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्