पुलिसलाई सुपर एट्स उपाधि



काठमाडौं, (नेस)
नेपाल पुलिस क्लबले शनिबार सम्पन्न पहिलो खुकुरी देवीवास सुपर एट्स क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा पुलिसले टिपटपलाई ३ विकेटले हराएको हो। विजेता टोलीले १ लाख नगद र उपविजेता टोलीले ५० हजार रुपियाँ प्राप्त गरे। टस जिते ब्याटिङ गरेको टिपटपले निर्धारित सात ओभरमा ५ विकेटको क्षेतिमा ७८ रन जोडेको थियो। टोलीका लागि सुबेन्दु पाण्डेले २६ रन जोडे भने पुलिसका मन्जित श्रेष्ठले तीन विकेट लिएका थिए।

पुलिसले ७९ रनको लक्ष्य सात विकेट गुमाएर प्राप्त गरेको थियो। टोलीका ओपनर शंकर रानाले ३२ रन जोडेपछि २ बल बाँकी राखी उपाधि पक्का गरेको थियो। टिपटपका प्रकास विष्टले दुई विकेट लिए। त्यस्ते तेस्रो स्थानका लागि भएको खेलमा नागार्जुनाले स्टर्म ब््रयान्ड एक्टिभेसनलाई ५ विकेटले हराएको थियो।

खुकुरी इन्टरटेनमेन्ट र देवीवास इभेन्टस्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुलिसका कप्तान मन्जित श्रेष्ठ उत्कृष्ट बन्दै २५ हजार नगद हात पारे। त्यस्तै टिपटपका सोनु तामाङ उत्कृष्ट ब्याटसम्यान र नागार्जुनका ललित राजवंशी उत्कृष्ट बलर साबित हुँदै जनही १० हजार हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्