साहित्यतर्फको नोबेल पुरस्कार विजेता डेलनद्वारा पुरस्कार स्वीकार



स्टकहोम, (एजेन्सी)
सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित बब डेलनले त्यसलाई स्वीकार गरेको नोबेल एकेडमीले घोषणा गरेको छ।

ती अमेरिकी गायकलाई गत वर्ष अक्टोबरमा उक्त प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो। तर ९ लाख धनराशीको उक्त पुरस्कार थाप्न वा पुरस्कारका विषयमा प्रतिक्रियाका लागि उनी सम्पर्कमा आउन असफल भएका थिए।

एकेडमीले स्विडिस राजधानीमा निजी स्तरमा ७५ वर्षीय डेलनसँग भेटेको जनाएको छ। डेलेन त्यहाँ दुईवटा कन्सर्ट दिएका थिए। उनले एकेडमीका लागि व्यक्तिगत रूपमा सम्भाषण नदिने तर उनको टेप भर्सन आउने अनुमान गरिएको छ। यदि उनले आफ्नो सम्भाषण जुनसम्म उपलब्ध नगराएमा उनले पुरस्कारको धनराशी गुमाउनुपर्नेछ, उक्त स्विडिस ऐकेडमीको स्थायी सचिव प्रोफेसर सारा डेनियसले भने– «‘एउटा राम्रो समाचार केहो भने, स्विडिस एकेडमी र बब डेलनले यसै सप्ताहन्तमा भेट्ने निर्णय गरेको छ।

एकेडमीले साहित्यमा नोबेल पुरस्कार विजेता भएकोमा बधाई दिँदै डेलेनलाई नोबेल प्रमाणपत्र र नोबेल तक्मा हस्तान्तरण गर्नेछ। डेलनको इच्छाअनुसार यो सानो र अत्यन्त सामान्य प्रक्रियामा टुगिनेछ , कुनै सञ्चार माध्यमलाई बोलाइने छैन, बब डेलन र एकेडमीका सदस्यहरूमात्र उपस्थित रहनेछन्। प्रोफेसर डेरियसले भने– सन् २०१३ मा एलिस मुनरोलगायत विगतमा पनि पुरस्कार विजेताहरूले टेप सम्भाषण पठाउने गरेका छन्।यसै हप्ताको पूर्वाद्धमा प्रोफेसर डेरियसले एकेडमीको डेलनसँग कुनै प्रकारको फोनवार्ता नभएको र पुरस्कार धनराशी लिनका लागि उनले जुन १० सम्ममा आफ्नो सम्भाषण दिनुपर्ने जानकारी दिएका थिए।

‘उनले के निर्णय हो त्यो उनको आफ्नो कुरा हा’ –उनले थपिन्।बब डेलन उक्त प्रतिष्ठित पुरस्कार विजयी हुने पहिलो गीतकार र सन् १९९३ मा उक्त पुरस्कार पाउने अमेरिकी उपन्यासकार टोनी मोरिसनपछिको पहिलो अमेरिकी हुन्।
पुरस्कार विजयी भएको घोपणापछि त्यस विषयमा उनको सार्वजनिक टिप्पणी आउन दुई हप्ताभन्दा बढी समय लाग्यो, अन्ततः उनले उक्त सम्मानले आफूलाई निशब्द बनाइदिएको बताए।

उनले त्यसपछि डिसेम्बरको नोबेल पुरस्कार वितरण समारोहलाई बहिस्कार गरे किनभने उनी उक्त पुरस्कारलाई लिएर पूर्वप्रतिबद्धतामा अडिग थिए। तर उनको तर्फबाट वाचन गरिएको एउटा सम्वोधनमा उनले यो अनौठो विजयले आफू ‘चन्द्रमामा उभिरहेका’ महसुस भएको उल्लेख गरिएको थियो। उनले भने– ‘यो पुरस्कार लिनु वास्तवमा शब्दले नसमेटिने घटना हो।’

प्रतिक्रिया दिनुहोस्