संगठित चोरीमा संलग्न आठ पक्राउ



नेपाल समाचारपत्र
घोराही, दाङ
संगठित चोरीमा संलग्न रहेको अभियोगमा दाङमा प्रहरीले नगद र गहनासहित ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी जिल्लाका विभिन्न ठाउँमा सञ्जाल बनाएर चोरीमा संलग्न भएको अभियोगमा ८ जना युवालाई नगद र गहनासहित सार्वजनिक गरेको हो।

घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानका २२ घरबाट नगद रुपियाँ, सुन, चाँदी, ल्याप्टप, मोबाइल फोन सेट, चक्कुलगायतका सामग्रीसहित ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले ७७ हजार ५ सय नगद, १ थान तिलरी, २ थान सुनका बाला, १ थान चोक्कर, ३ थान औंठी, २ थान सिक्री, पञ्चरत्न बाला १ थान, चन्द्रमा १ थान, सुनको सिक्का १ थान गरी ७ तोला सुन र चाँदीका सिक्री, चाँदीका डलर पैसासमेत बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो। त्यसै गरी २ थान ल्याप्टप, ६ थान मोबाइल सेटसहित ब्राउन सुगर पनि उनीहरूको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–९ का संजोग केसी, सोही वडाका अनिल कुमाल, तुलसीपुर–५ का सुनचाँदी पसलका डण्डीराम विक, घोराही उपमहानगरपालिका–१५ का शिशिर भण्डारी, अनुज बस्नेत, सरोज महरा, घोराही–१७ पनौराका क्षितिज मजगैयाँ र वसन्त केसी रहेका छन्।

उनीहरूविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केही लागूपदार्थ दुव्र्यसनीमा फसेका युवासमेत रहेको डीएसपी तिवारीले बताउनुभयो। अभिभावकको निगरानी नहँुदा र साथीभाइको लहलहैमा उनीहरू लागूपदार्थ दुव्र्यसनीमा फसेका र त्यसैमा लत बस्दा चोरी गर्न बाध्य भएको अनुसन्धानले देखाएको प्रहरी भनाइ छ।
‘दुव्र्यसनीमा उनीहरू फसेका छन् उनीहरूलाई नभई नहुने अवस्था आएको र त्यसका लागि पैसा चाहिने भएकाले चोरीमा संलग्न भएको देखिएको छ’ –तिवारीले भन्नुभयो। उनीहरूको साथबाट केही मात्रामा लागूऔषधसमेत फेला परेको छ। पक्राउ परेकामध्ये सरोज महरा, संजोग केसी, अनिल कुमालको साथबाट ब्राउन सुगर फेला परेको तिवारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

यसैबीच प्रहरीले चोरीका सुनहरू पटकपटक किन्ने र स्वरूप बदलेर बिक्री गरेको अभियोगमा सुनचाँदी व्यवसायी पनि पक्राउ परेका छन्। चोरीका गहनाहरू कम मूल्यमा किन्ने र स्वरूप परिवर्तन गरेर बिक्री गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–५ बीपी चोक अभिशेष सुनचाँदी गहना पसल सञ्चालक डण्डीराम विकलाई पक्राउ गरेको छ।

भाउजूको हत्या अभियोगमा पक्राउ
यसैबीच गएको मंसिर महिनामा भाउजूलाई गोली हानी हत्या गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ। मंसिर १९ गते घोराही उपमहानगरपालिका–१२ निवासी पूर्णा थापालाई गोली हानी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ ओखरा निवासी विक्रम थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो

प्रतिक्रिया दिनुहोस्