इजिप्टको प्रतियोगितामा रोनाली



मिस इको इन्टरनेसनल २०१७ मा नेपालका नेपालको तर्फबाट रोनाली अमात्यले प्रतिनिधित्व गर्ने भएकी छिन्। सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन उनी शुक्रबार इजिप्टतिर लागेकी छिन्।

८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताको नेपालका लागि अधिकार प्राप्त संस्था ग्रिन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको मिस इको इन्टरनेसनल नेपाल २०१७ को अडिसनबाट उनलाई छानिएको थियो। उनी नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरनसहित प्रतियोगीतामा सहभागी हुनेछिन्।

टुरिजम र वातावरण विषयलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको मिस इको इन्टरनेसनलमा आफूले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्दै र पर्यटन र वातावरणका विषयमा विशेष प्रस्तुति दिने रोनालीले बताइन्। प्रतियोगीताको शिर्ष उपाधि जित्ने उद्देश्यसहित आफूले नेपालको प्रतिनिधित्व गर्न लागेको रोनालीले बताएकी छिन्।

रोनाली आवश्यक विभिन्न प्रशिक्षणसहित प्रतियोगितामा सहभागी हुन लागेकी हुन्।

प्रतिक्रिया दिनुहोस्