मौसम अझै गडबड



काठमाडौं, (नेस)
मुलुकको पश्चिमी र पूर्वीक्षेत्रमा विकास भएको जलवाष्पयुक्त स्थानीय वायुको प्रभावले शनिबार अपराह्न मुलुकका अधिकांश पहाडी भेगमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा हावाहुरीसहित असिनापानीसमेत परेपछि भूकम्प प्रभावित जिल्लाको जनजीवन प्रभावित बन्यो। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आइतबार पूर्वीक्षेत्रका अधिकांश पहाडी भेगको मौसम बदलिएर मेघ गर्जनसहित हल्का वर्षा हुने जनाएको छ।

तराईका भू–भागको मौसम तुलनात्मकरूपमा सफा भए पनि आज आइतबार पूर्वीपहाडी भेगसहित धेरै पहाडी जिल्लाको मौसम नखुल्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पूर्वीपहाडी भेगको मौसम भने भोलि सोमबार अपराह्नसम्म पनि अवरुद्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्