बिस्केट जात्रामा कडा सुरक्षा



पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध विस्केट जात्रालाई शान्तिपूर्ण बनाउनका लागि महानगरीय प्रहरी परिषर भक्तपुरले जात्रामा एक हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र आवश्यक पर्दा नेपाली सेना समेत गरी एक हजार भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने प्रहरी उपरीक्षक किरण राणाले बताउनुभयो । चोकचोकमा बत्ति, सीसी क्यामरा जडान गरिने भएकाले यसवर्ष ढुङ्गा हान्ने व्यक्तिको सहजै पहिचान गर्न सकिने बताउँदै उहाँले जात्रामा ढुङ्गा हान्ने, हुलहुज्जत गरि जात्रा बिथोल्न खोज्ने, झगडा गर्ने गराउने जो कोहीलाई पनि कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

सीसी क्यामराका साथै सादा पोशाकमा प्रशस्त मात्रामा प्रहरी खटाईने र त्यस्ता व्यक्तिको निगरानी गरिने बताउदै, त्यस्ता व्यक्तिलाई जात्रा स्थलबाटै पक्राऊ गरिने उहाँले बताउनुभयो ।
जात्रामा मादक पदार्थ खाएरु हिंसात्मक गतिबिधी हुने, झगडा हुने, जात्रामा ढुङ्गा हानाहान हुने भएकाले यसवर्ष जात्रा संचालन हुने क्षेत्रमा पूर्ण रुपमा मदिरा पसल एवं खुला मदिरा बिक्री बन्द गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्