निर्वाचनबाट भाग्न मिल्दैन– एमाले नेता पोख्रेल



सन्तोष रुचाल, धनकुटा ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले स्थानीय तहको निर्वाचनबाट कोही भाग्न नमिल्ने बताउँनु भएको छ ।

संविधान कार्यान्वयनका लागी स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्नु हुदै पोखरेलले स्थानीय तहको निर्वाचनबाट भाग्न खोजे आफ्नो हैसियत गुमाउनु पर्ने बताउनु भयो । संविधान कार्यान्वयन गर्न र केन्द्रको अधिकार स्थानीय स्तरबाट दिनका लागी स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आवश्यक रहेको बताउँनुभयो ।
प्रेस चौतारी नेपाल धनकुटाले शनिवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै महासचिव पोखरेलले निर्वाचनको मिति घोषणा भई सकेकाले यसलाई सम्पन्न गर्नु अहिलेको सरकारको पहिलो दायित्व रहेको बताउँनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति वैशाख ३१ गते घोषणा भएसँगै सबैलाई निर्वाचनले आफुतिर तानिरहेको उल्लेख गर्नु हुदै पोखरेलले भने बाहिर चुनावको विरोध गरे जस्तो गरी भित्री रुपमा निर्वाचनको विरोध गर्ने दलहरु मधेशवादी दलहरु पनि निर्वाचनको तयारीमा जुटिरहेका बताउँनुभयो । मधेसी मोर्चाले संविधान संशोधन गरेर मात्र निर्वाचनमा भाग लिने भन्दै आएपनि राष्ट्रिय हित विपरितको कुरालाई लिएर संसोधन गर्न नमिल्ने बताउँनुभयो ।
संविद्यान संशोधनको औचित्य नरहेको उल्लेख गर्नु हुर्दै महासचिव पोखरेलले सरकारले संविधान संशोधन प्रक्रियामा लगेपनि एमालेले त्यसलाई संसदबाट पास हुन नदिने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्