पहिरोले ११ जना पुरिए



जाकार्ता, १९ चैत । इन्डोनेसियाको जाभा राज्यमा आएको बाढी पहिरोमा परी कम्तीमा ११ जना पुरिएका छन् ।

पहिरोमा पुरिएकाहरुको खोजीकार्य भइरहेको उद्धारकर्ताले शनिबार जानकारी दिएका छन् ।

पोनोरोगो जिल्लाको बानारान गाउँमा घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता सुटोपो नुग्रोहोले सिन्ह्वालाई जानकारी दिनुभयो ।

सैनीक, प्रहरी, स्थानीय उद्धारकर्मीसँगै स्वयमसेवक पहिरोमा पुरिएकाहरुलाई खोजी तथा उद्धारका लागि क्रियाशिल रहेका छन् ।

पुरिएको ठाउँसम्म पुग्न निकै गाह्रो भएकाले खोजी तथा उद्धारकार्यमा पनि कठिनाई भइरहेको सुटोपोले बताउनुभयो । उद्धारका लागि ठुला मेसिनरी सामान आवश्यक भएको उद्धारकर्ताहरुको भनाइ छ । रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्