चुनाव निर्धारित समयमै हुन्छ – मन्त्री गिरी



दाङ, १९ चैत । सिँचाइ मन्त्री दीपक गिरीले सबै दललाई साथमा लिएर स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गिरीले सबैको भावनालाई सम्बोधन गरी सरकारले चुनाव गराउन लागि परेको बताउनुभयो ।

उहाँले असन्तुष्ट मधेसी दललाई चुनावमा सहभागी गराउन विभिन्न बैठक तथा छलफल भइरहेको बताउँदै चुनाव हुनेमा ढुक्क हुनआग्रह गर्नुभयो ।

‘लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव हुनुपर्छ, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार लाग्नेछ उहाँले भन्नुभयो ।’
उहाँले आफू सिँचाइ मन्त्री भएपछि विभिन्न सिँचाइ योजना सुरु गरेको बताउँदै सो योजना के–कति काम भयो र विकास निर्माणको बारेमा बुझ्न जिल्ला आएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्