ब्रह्मकुमारी विश्वविद्यालयलाई चार रोपनी जग्गा दान



रामपुर (पाल्पा), १९ चैत । ओमशान्ति ब्रह्मकुमारी सूर्य विश्वविद्यालय रामपुरको भवन निर्माणका लागि स्थानीयले चार रोपनी जग्गा दान गरेका छन् ।

स्थानीय भट्टराई परिवारले रामपुर नगरपालिका–५ को दुर्गादेवी मन्दिर परिषरमा रहेको चार रोपनी जग्गा ब्रह्मकुमारी विश्वविद्यालयलाई दान गरेका हुन् । एक रोपनीमा विश्वविद्यालयको भवन र तीन रोपनी जग्गामा फूलबारी निर्माण गरिने बताइएको छ ।

वशिष्ठ गोत्रीयको स्वामित्वमा रहेको सो जग्गा दानस्वरुप सहयोग गरिएको समाजका अध्यक्ष ऋषिराम भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्