प्रेमविवाह गर्नेको सम्बन्ध विच्छेद



नेपाल समाचारपत्र, हेटौंडा ।
जिल्ला अदालत मकवानपुरमा दर्ता भएका ५४ प्रतिशत मुद्दा फैसला भएका छन् । १ हजार १ सय ६२ मुद्दामध्ये ६ सय २५ मुद्दा फैसला भएको हो ।

जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा १ हजार ५३ मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षबाट यस आर्थिक वर्षका लागि ३ सय २६ वटा मुद्दा सरेको थियो । जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार अनन्त मरासिनिका अनुसार पछिल्लो समय लागुऔषधका मुद्दा बढी छन् । सम्बन्धविच्छेदका मुद्दा पनि बढी आइरहेको मरासिनीले बताउनुभएको छ ।

जिल्ला अदालत मकवानपुरका अनुसार धेरै मुद्दाहरु आउनेमध्ये सम्बन्धविच्ेछद पनि प्रमुख भएको र प्रेमविवाह गर्ने जोडी बढी सम्बन्धविच्छेद भएको तथ्यांक छ । वैदशिक रोजगारीमा जानेहरुको पनि सम्बन्धविच्छेद बढी देखिएको छ । जसमा २५ वर्षनजिक उमेर समूहको बाहुल्यता रहेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला अदालत मकवानपुरमा पछिल्लो समय बलात्कारका मुद्दा, अंश मुुद्दाहरु पनि उल्लेख्य संख्यामा छन् ।

जिल्ला अदालतका अनुसार कुनै पनि मुद्दा डेढ वर्ष पुरानो छैन । पछिल्लो समय तुलनात्मकरुपमा मुद्दाको फैसला छिटो हुने गरेको छ । बढीमा १ महिनासम्म मुद्दा लम्बिने उहा“ले बताउनुभएको छ ।

माघमा ३ जना न्यायाधीश भए पनि हाल जिल्लामा २ जनामात्र न्यायाधीश हुनुहुन्छ । यद्यपि, फैसला भने छिटो हुने गरेको मरासिनीले बताउनुभएको छ । जिल्ला अदालतले न्यायको पहु“च सबैमा पु¥याउन चालु आर्थिक वर्षमा मकवानपुरका चित्लाङ, फापरबारी, हटिया, हा“डीखोलामा ‘समुदायमा अदालत’ कार्यक्रम लिएर गइसकेको छ ।

आम जनताले प्रत्येक महिना १ पटक न्यायाधीशस“ग अन्तत्र्रिmया गर्ने गरी ‘मिट दि जज’ कार्यक्रम पनि गरिएको उहा“ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्