वासु शशीको स्मृतिमा कविगोष्ठी



काठमाडौं। वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८१औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र वासु शशी स्मृति परिषद्को संयुक्त आयोजनामा हालै विशेष कविगोष्ठीको आयोजना गरियो।

कार्यक्रममा वरिष्ठ कविहरू तुलसी दिवस, कालीप्रसाद रिजाल, सरुभक्त, कृष्ण जोशी, बेञ्जू शर्मा, शैलेन्द्र साकार, जसराज किराँती, विजय बजिमय, ज्ञान उदास, कृष्ण प्रधान तथा प्रमोद प्रधानले कविता वाचन गर्नुभएको थियो।

वासु शशीको कवित्व र व्यक्तित्वबारे प्रमुख अतिथि तुलसी दिवस, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, यादव भट्टराई, परिषद्का अध्यक्ष गणेश रसिक तथा सचिव प्रद्युम्न जोशीले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्