नेपाली खेलकुदलाई बचाउन श्रेष्ठको सरकारलाई आग्रह



नेपाल समाचारपत्र
काठमाडौं

न्तर्राष्ट्रिय ओलम्पिकद्वारा मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले काम गर्न पाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय मान्यता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्म शमशेर राणाको टोलीले सातदोबाटोस्थित कमिटीको भवनमा ताला लगाउने होड चलेकाले काम गर्न नसकिएको श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमा बताए। यसका लागि राणा अध्यक्ष ओलम्पिक कमिटीलाई निर्वाधरूपमा काम गर्ने वातावरण बनाई मेलमिलापका लागि बाटो खुला गर्न उनले आग्रह गरेका हुन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को पत्र प्रधानमन्त्री, गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पठाइएको श्रेष्ठले जानकारी गराए। उनले भने– ‘आईओसी र ओसीएले उच्च निकायमा सो पत्र पठाउन निर्देशनअनुसार सम्प्रेषण गरेका हौं। समयमा नै सरकारले यसमा गम्भीर बन्छ भन्ने हामीमा विश्वास छ। यदि यसो नभएमा नेपाली खेलकुद अन्धकारमा जानेछ। यसले एनओसी निलम्बनमा पर्न सक्नेछ।’

श्रेष्ठले प्रहरीको संरक्षणमा सातदोबाटोमा रहेको भवन राणा अध्यक्ष रहेको कमिटीले कब्जामा लिएको आरोप लगाएका थिए। अन्तर्राष्ट्रिय सहभागिता आफ्नो कमिटीले मात्र गर्न सक्ने कुरा दोहो¥याएका थिए। आईओसीले २८ मार्चमा पत्राचार गरी नेपालमा समानन्तर ओलम्पिक कमिटीका नाममा भएको पछिल्लो गतिविधिबाट आफू गम्भीर भएको बताएको छ। श्रेष्ठ अध्यक्ष रहेको कमिटीले मात्र नेपाल काम गर्न सक्ने आईओसीले जारी गरेको पत्रमा उल्लेख छ।

आईओसीले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको कमिटीलाई तत्काल आफ्नो कार्यालयमा पुनस्र्थापना भई ओलम्पिक चार्टडअनुसार गतिविधि गर्नसमेत निर्देशन दिएको छ। उसले ओलम्पिक शब्द, रिङ र प्रतीक प्रयोग गर्ने अधिकार श्रेष्ठ कमिटीलाई रहेकाले समान्तर कमिटीको नाममा ओलम्पिकको सम्पत्ति प्रयोग भएकाले तत्काल बन्द गराउनसमेत आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २८ मार्चमा नेपाललाई गरेको पत्राचारमा ओलम्पिक गेम्स, एसियन गेम्सलगायत आईओसीले मान्यता दिएको बृहत् खेलकुद प्रतियोगितामा आईओसीको मान्यता प्राप्त श्रेष्ठ कमिटीले सम्बन्धित राष्ट्रका खेलाडीको सहभागिता गराउन सक्नेसमेत उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्