डच सरकारद्वारा आर्थिक छानबिन



एम्सटर्डम्स, (एजेन्सी)

नेडरल्यान्डका सरकारी वकिलहरूले आफूहरूले विभिन्न राष्ट्रहरूमा मुद्रा अपचलन र कर छल्ने आशंकित व्यक्तिहरूमाथि छापामार्ने काममा समन्वय गरेको शुक्रबार बताएका छन्।

स्विस बैंकमा अकुत अवैध सम्पत्ति थुपारेको आशंकामा तिनीहरूले करिब ३ हजार ८ सय जना डच खातावालमाथि गम्भीर छानबिन गरिरहेका छन्। यस क्रममा तिनीहरूले सुनको ढिक्का, नगद, पेन्टिङ, एउटा लक्जरी कार र थुप्रै गरगहना फेला पारेका छन्।

तिनीहरूले नेडरल्यान्डलगायत फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य र अस्ट्रेलियामा अनुसन्धान अघि बढाएका छन्। डच सरकारले अन्य राष्ट्रहरूका ५० हजारभन्दा बढी बैंक खातावालका सम्बन्धमा सम्बन्धित निकायलाई सूचना पठाइसकेको छ।

यसैबीच बेलायतको सरकारी निकायहरूले अनुसन्धान बैंकका वरिष्ठ अधिकारीहरूमाथि पनि केन्द्रित रहेको जनाएका छन्। यसरी थुपारिएको रकम अपराध गरी अवैध ढंगले कमाइएको बताइएको छ। डच आर्थिक अनुसन्धानले धेरैजसो व्यक्तिले कर छल्ने गरेको पाइएको खुलासा गरेको छ।

डच सरकारले अन्तर्राष्ट्रिय समन्वयको कारण गोप्य बंैकरहरूलाई निगरानस्बाट बच्न कठिन भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्