व्यापार प्रवद्र्धन केन्द्र प्रतिष्ठानमा रूपान्तरण



काठमाडौं, (नेस)

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र व्यापार प्रवद्र्धन प्रतिष्ठानमा रूपान्तरण हुने भएको छ। वाणिज्य मन्त्रालयद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन शुक्रबार वाणिज्य मन्त्री रोमी गौचन थकालीलाई बुझाएको हो।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री थकालीले प्रतिष्ठान स्थापनाको सन्दर्भमा सम्बन्धित सबै निकायसँग समन्वय गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिवेदन कानुनी, नीतिगत, सांगठनिक र आर्थिक पक्षमा अध्ययन विश्लेषण र सम्बन्धित निकायसँग छलफल गरी तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्