हजारबढी शैक्षिक परामर्शदातालाई तालिम



पुष्कर बुढाथोकी, भक्तपुर ।
शिक्षा मन्त्रालय र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) ले संयुक्त रुपमा हालसम्म एक हजारभन्दा बढी शैक्षिक परामर्शदाताहरुलाई तालिम प्रदान गरेका छन् ।

तालिम २ बर्ष अघिदेखि दिन थालिएको बताउँदै टीआईटीआईका कार्यकारी निर्देशक अकिम श्रेष्ठले हालसम्म ४ सय भन्दा बढी संस्थाका र ५५ औं ब्याचका गरी एक हजारभन्दा बढी ब्यक्तिलाई तालिम प्रदान गरिएको बताउनुभयो ।
सानोठिमीमा ५५ औं ब्याचका शैक्षिक परामर्शदाताहरुको तालिम समापन कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले तालिममा शैक्षिक परामर्शदाताहरुले पालना गर्नुपर्ने ऐन,नियम,आचारसंहिता र बिधि प्रकृयाका बारेमा प्रशिक्षण दिने गरिएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख उपसचिब गौरीशंकर पाण्डेले शैक्षिक परामर्शदाताहरुलाई काम गर्न सरकार बाधक नबन्ने बताउदै ब्यबसाय संचालन गर्दा बिधिको पालना गर्न भने सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक परामर्श सेवासँग जोडिएको ब्यबसाय भएको बताउँदै प्रमुख पाण्डेले बिदेश जाने बिद्यार्थीलाई परामर्शदाताहरुले सहि परामर्श दिनुपर्ने सुझाब दिनुभयो । ५ बर्ष अघि आएको निर्देशिका बमोजिम काम गर्ने संस्थाहरुसँग सरकार सँगसँगै काम गर्न तयार रहेको बताउँदै स्वीकृत नलिई संचालन गर्ने संस्थालाई बन्द गर्न सरकार बाध्य हुने बताउनुभयो ।

प्रतिष्ठानका प्रशासन प्रमुख प्रमोदभक्त आचार्यले कन्सल्टेन्सी ब्यबसायीलाई तालिमले प्रभावशाली,सुदृढ,परिपक्व र मर्यादित बनाउने बिश्वास ब्यक्त गर्दै यसले शिक्षाको ऐन नियममा बाँध्ने तथा ब्यबसायीलाई दक्ष बनाउने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्